संसदको गतिरोध हटाउन छलफलमा जुटे सभामुखले

होमल्याण्ड खबर

२०८० श्रावण २२ गते, सोमबार ११:०९ मा प्रकाशित

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको गतिरोध अन्त्यका लागि प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै छन् । सभामुख घिमिरेले आज संसद बैठक बस्नु अघि मध्याह्न १२ बजे आफ्नै कार्यकक्ष सिंहदरबारमा प्रमुख दलका शीर्ष नेतालाई छलफलमा बोलाएका हुन ।सभामुख घिमिरेले हिजो संसदको गतिरोध हटाउने विषयमा दलका सचेतकहरूसँग छलफल गरेका थिए ।

तर, छलफलमा सत्तापक्ष र प्रतिपक्ष दुवैले सुन तस्करी प्रकरणका विषयमा आ–आफ्नो अडान कायम राखेपछि छलफल निष्कर्षविहीन भएको थियो । एक क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल एमालेका कारण साउन १० देखि संघीय संसदका दुवै सदन अवरुद्ध छन ।