४ आश्विन २०८३, आईतवार
मानव वेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रहेको अभियोगमा गोरखा पालुङटार घर भई कास्की पोखरा महानगरपालिका-८ सृजना चोकमा खाजाघर संचालन गरी बस्ने ६० वर्षीया पार्वती काराखेतीलाई प्रहरीले पक्राउ गरेको छ ।
उनको होटलमा नाबालिका तथा महिलालाई ललाई फकाई वेटरको राम्रो काम लगाईदिन्छु भन्दै विभिन्न प्रलोभनमा पारी बोलाई यौनजन्य क्रियाकलापमा लगाउने गरेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


उनलाई जिल्ला अदालत कास्कीबाट मानव वेचबिखन तथा ओसार पसार सम्बन्धी कसुरमा ५ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको छ ।