सभामुख घिमिरेले बोलाए प्रमुख सचेतक र सचेतकलाई छलफलमा

होमल्याण्ड खबर

२०८० श्रावण २३ गते, मंगलवार १४:२१ मा प्रकाशित

सभामुख देवराज घिमिरेले सबै राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुको बैठक बोलाएका छन् ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुको छलफलपछि सभामुख घिमिरेले सबै राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुको बैठक बोलाएका हुन् । नेताहरुका अनुसार दिउँसो २ बजे बस्ने उक्त बैठकमा प्रतिनिधिसभा बैठक सञ्चालनको विषयमा छलफल हुनेछ ।