९ मंसिर २०८१, आईतवार
इक्वेडरमा राष्ट्रपति चुनावका १ जना प्रतिस्पर्धीको गोली हानी हत्या भएको छ। राष्ट्रिय सभाका सदस्य ९सांसद० समेत रहेका फर्नान्डो भिल्लाभिसेन्सिओको उत्तरी सहर क्विटोमा गोली हानेर हत्या गरिएको हो।
देशको उत्तरी शहर क्विटोमा बुधबार एउटा कार्यक्रमबाट बाहिरिँदा उनीमाथि आक्रमण भएको थियो। उनको अभियान टोलीका १ सदस्यले स्थानीय मिडियालाई दिएको जानकारीअनुसार विलाभिसेन्सियो कारमा चढ्ने क्रममा १ जना व्यक्तिले उनीमाथि गोली प्रहार गरेका थिए। ती व्यक्तिले ५९ वर्षीय भिल्लाभिसेन्सियोमाथि ३ राउण्ड गोली प्रहार गरेका थिए।
वर्तमान राष्ट्रपति गुइलेर्मो लासोले अपराधलाई सजाय दिने वाचा गरेका छन्। संदिग्ध व्यक्तिमाथि सुरक्षाकर्मीले पनि गोली चलाएका थिए। गोली लागेर घाइते भएका उनको मृत्यु भएको बताइएको छ। घटनामा विधानसभाका सम्मेदवार र २ जना प्रहरी अधिकारीसहित ९ जना घाइते भएका बताइएको छ।
राष्ट्रपतिको पहिलो चरणको निर्वाचन अगस्ट २० मा हुने तय भएको छ।
आगामी राष्ट्रपति चुनावको प्रतिस्पर्धामा नरहेका वर्तमान राष्ट्रपति लासोले उम्मेदवारको हत्याबाट आफू ‘आक्रोशित र स्तब्ध’ भएको बताएका छन्। ‘संगठित अपराधले धेरै लामो यात्रा गरिसकेको छ। तर कानुनको पूरा भार उनीहरूमा पर्नेछ,’ राष्ट्रपति लासोले भने।
लागु औषधका तस्करहरुको बढ्दो उपस्थितिका कारण इक्वेडरमा हिंसात्मक अपराधका घटना बढ्दो क्रममा छन्। जो यसपटकको राष्ट्रपति चुनावको अभियानमा मुख्य मुद्दा बनेको छ।
संगठित अपराधसँग सम्बन्धित धेरै हत्याका घटनापछि गत महिना मात्रै राष्ट्रपति लासोले ३ प्रान्तमा आपतकालीन अवस्था र रात्रि कर्फ्यू घोषणा गरेका थिए।
गोली हानी मारिएका भिल्लाभिसेन्सियोको चुनावी अभियान भ्रष्टाचार नियन्त्रणमा केन्द्रित थियो। जुन विषयलाई उनले आफ्नो यसअघिको पत्रकारिता पेसाका क्रममा पनि कभर गरेका थिए। उनको अर्को मुद्दा वातावरणीय विनाशलाई कम गर्ने विषयमा पनि केन्द्रित थियो।
गत हप्ता उनले आफू र आफ्नो टोलीलाई लागु औषध ओसारपसारमा संलग्न गिरोहका नेताले धम्की दिएको बताएका थिए।
५ सन्तानका पिता भिल्लाभिसेन्सियो पहिलो चरणको चुनावमा ८ उम्मेदवारमध्ये १ थिए। यद्यपि उनी अग्रपंक्तिमा भने थिएनन्।