१२ मंसिर २०८१, बुधबार
गत भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी ऐनसँगै जिल्ला अदातल दाङ देउखुरीमा पत्नीसँग सम्बन्ध विच्छेदको माग गर्दै ५७ पुरुषले मुद्दा दर्ता गराएका छन्।
दाङ देउखुरी अदातलका श्रेस्तदार चुडामणि रेग्मीले भदौदेखि कात्तिक ९ गतेसम्म १०४ सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएको जानकारी दिए।
तीमध्ये ५७ पुरुष र ४७ महिलाले मुद्दा दायर गरेका छन्। नयाँ मुलुकी ऐनले पुरुषलाई पनि सिधै अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न पाउने व्यवस्था गरेपछि जिल्लामा यो अधिकार प्रयोग हुन थालेको हो।
गत आर्थिक वर्षमा ६४० सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएका थिए। तीमध्ये ४९५ मुद्दा फछ्र्यौट भएको अदालतका श्रेष्तेदार रेग्मीले बताए।
पारिवारिक असमझदारी, वैदेशिक रोजगार, हतारको निर्णय, प्रेम विवाह र नयाँ पुस्ता आफूहरु स्वतन्त्र रूपमा रहन चाहनु नै सम्बन्ध विच्छेदका प्रमुख कारण रहेको उनले बताए।