५ मंसिर २०८१, बुधबार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले संसद अवरुद्ध भएको समयको सेवा सुविधा नलिने घोषणा गरेका छन् ।
रास्वपा सभापति रवि लामिछानेले शुक्रबार सभामुख देवराज घिमिरेलाई संसद अवरुद्ध भएको समय साउन १० गतेदेखिको कुनै पनि सेवा सुविधा नलिने सभामुखलाई जानकारी गराएका हुन् ।
साथै उनले संसद अधिवेशन नियमित गर्न आवश्यक पहल लिन आग्रह गरेका छन् । ‘हालसम्म हामीले पाएको भए त्यसको मिलान गरिदिने व्यवस्थाका लागि हार्दिक अनुरोध गर्दछु’ उनले भनेका छन् ।
नेकपा एमालेले सय किलो सुन तस्करी प्रकरणमा छानविन गर्न उच्चस्तरीय समिति गठन गर्न माग गर्दै साउन १० गतेदेखि निरन्तर संसद अवरुद्ध गर्दै आइरहेको छ ।