सुन तस्करी प्रकरणमा व्‍यापारी रोहन अडुकिया पक्राउ

होमल्याण्ड खबर

२०८० श्रावण २६ गते, शुक्रबार १५:४० मा प्रकाशित

सुन तस्करी प्रकरणमा अध्यागमन विभागले व्‍यापारी राकेश अकुडियाका छोरा रोहन अडुकिया पक्राउ परेका छन् । शुक्रबार नयाँ दिल्लीबाट नेपाल आएका उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।

उनी नयाँ दिल्लीबाट इन्डियो विमानमार्फत काठमाडौं आएका थिए । विमानस्थलबाट पक्राउ गरेर उनलाई राजश्व अनुसन्धान विभागलाई बुझाइएको छ ।

सुन प्रकरणमा मुछिएपछि व्यापारी राजेश अडुकियाको घरमा पनि यअसघि राजस्व अनुसन्धान विभागले छापा मारेको थियो। तर, उनी पक्राउ परेका थिएनन् । शुक्रबार भने विभागले उनका छोरालाई पक्राउ गरेको छ ।