५ मंसिर २०८१, बुधबार
संस्कृति तथा पर्यटनमन्त्री सुदन किरातीले आफु मन्त्री पदबाट हट्न तयार रहेको बताएका छन्।
माओवादी केन्द्रबाट मन्त्री बनेका किरातीलाई फिर्ता बोलाएर जनमत पार्टीलाई सरकारमा सहभागी गराउने चर्चा चलिरहेको बेला उनले आफू मन्त्री पदबाट हट्न तयार रहेको बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘जनमतको निर्देशन अनुरुप सबैलाई मिलाएर लैजाने सन्दर्भमा म मन्त्रीबाट फिर्ता हुन तयार छु, मिलाउने भनेको २ अंकको केन्द्रीय समिति बनाउ तर म सहितको हुनुपर्छ भन्ने मेरो सर्त होइन । अध्यक्ष कमरेडलाई बाध्यता छ हामी उहाँलाई सहयोग गर्न तयार छौं ।’
गत पुस १० गते माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै उनी संस्कृति तथा पर्यटनमन्त्री नियुक्त भएका थिए । अहिले सरकारमा जनमत पार्टीलाई सहभागी गराउन प्रधानमन्त्री प्रचण्डले माओवादीका एक मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेका छन् ।
बाहिर मन्त्री किराती र सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई हटाएर नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का सांसद हितबहादुर तामाङ र जनमत पार्टीकी सांसद अनितादेवी साहलाई प्रचण्डले मन्त्री नियुक्त गर्न लागेकाे चर्चा चलेकाे छ।