५ मंसिर २०८१, बुधबार
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री हेरफेर गर्न पदाधिकारीसँग छलफल गर्ने तयारी गरेका छन् । त्यस विषयमा छलफलका लागि प्रचण्डले पार्टीका केही पदाधिकारीलाई बालुवाटार बोलाएका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार अहिले पदाधिकारीहरू बालुवाटार पुग्ने क्रम जारी छ ।
जनमतलाई सरकारमा ल्याउनका लागि माओवादीले एक मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको छ । सोही विषयमा छलफलका लागि प्रचण्डले केही पदाधिकारीसँग बालुवाटारमा छलफल गर्न लागेका हुन् ।
माओवादी नेताहरूका अनुसार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने प्रचण्डको तयारी छ । अर्का मन्त्री सुदन किराँतीले पनि प्रधानमन्त्रीलाई सहज बनाउन आफू मन्त्री छोड्न तयार रहेको बताएका छन्