५ मंसिर २०८१, बुधबार
नेकपा एमालेले पार्टीका कार्यक्रमलाई व्यवस्थित गर्न नयाँ मापदण्ड बनाएको छ।
मापदण्ड अनुसार सार्वजनिक कार्यक्रममा अध्यक्षबाहेक अन्यको फोटो प्रयाेग नगरिने भएको छ। साउन २९ गते बसेको बैठकले सो निर्णय गरेको उपमहासचिव विष्णु रिमालले जानकारी दिएका छन्।
कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन पार्टी र जनसङ्गठनहरूले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष बाहेक अन्य फोटो प्रयोग नगर्ने निर्णय गरिएको उनले बताए।
त्यस्तै मञ्चको प्रयोग वक्ताले मात्र गर्ने, अतिथि र वक्ताहरूलाई दर्शकदीर्घामा नै मर्यादित ढङ्गले आसनको व्यवस्था मिलाउने निर्णय भएको उनले बताएका छन्।
कार्यक्रममा ब्याज, माला र खादाको अनावश्यक प्रयोग नगर्ने र कार्यक्रमलाई भड्किलो नबनाउने निर्णय पार्टी अध्यक्ष ओलीले मङ्गलवार नै जानकारी गराएका थिए ।