९ मंसिर २०८१, आईतवार
पूर्वी पाकिस्तानमा एक इसाई समुदायमाथि आक्रमण भएको छ।
धर्म निन्दाको विरोध गर्दै मुस्लिम कट्टरपंथीहरूले दर्जनौं गिर्जाघर र चिहानमा तोडफोड गरेका हुन्।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार पूर्वी पाकिस्तानको जरानवाला क्षेत्रमा रहेका चर्चहरुमा आगजनी गरिएको हो । उक्त स्थानमा ईशाई धर्मावलम्बीहरु सम्वद्ध दर्जन बढी घरमा समेत तोडफोड गरिएको त्यहाँको प्रहरीले जनाएको छ ।
मुश्लिम धर्म तथा कुरानको निन्दा गरेको आरोपमा चर्चमा आक्रमण भएको हो । अन्धाधुन्द आक्रमणपछि ईशाइ धर्मावलम्बीहरुको भागाभाग भएको छ । आगजनी र तोडफोड भईरहँदा प्रहरी मुक दर्शक बनेर उभिएको आरोप ईशाईहरुले लगाएका छन् ।
चर्चहरुमा भएको आक्रमणमा संलग्न एक सय बढीलाई प्रहरीले नियन्त्रणमा लिए पनि उनीहरुमाथि कारबाही चाहिँ गरिएको छैन् ।