संसद्को गतिराेध अन्त्यका लागि सर्वदलीय बैठक बोलाउने तयारीमा राष्ट्रपति

होमल्याण्ड खबर

२०८० श्रावण ३२ गते, बिहीबार १४:१९ मा प्रकाशित

संसद्को गतिराेध अन्त्यका लागि राष्ट्रपति रामचन्द्र पौडेलले पहिलोपटक सर्वदलीय बैठक बोलाउने भएका छन्।

शनिबार वा आइतबार सर्वदलीय बैठक बोलाइने तयारी भइरहेकाे राष्ट्रपति पौडेलकाे सचिवालयले जनाएकाे छ।

सबैसँग भेटघाट गरेर संसदमा जारी अवराेधका विषयमा छलफल गर्नेगरी सर्वदलीय बैठक बाेलाउन लागिएकाे बताइएकाे छ।

गत शुक्रबार राष्ट्रपति पौडेल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो।

त्यस्तै, पौडेलले बुधबार प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई शीतल निवास बोलाएर संसद्को अवरोध खुलाउने विषयमा छलफल गरेका थिए।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग पनि योबीचमा छलफल गरिसकेका छन्।

सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले साउन १० गतेदेखि संसद अवरोध गर्दै आएको छ ।