ललिता निवास प्रकरण : सीआईबीले बुझायो अनुसन्धान प्रतिवेदन

होमल्याण्ड खबर

२०८० भाद्र ५ गते, मंगलवार १५:०४ मा प्रकाशित

ललिता निवास प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान प्रतिवेदन काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ ।

सीआईबीले मंगलबार बिहान जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको हो।

यो प्रकरणमा सीआईबीले २ सयभन्दा बढी व्यक्तिलाई प्रतिवादी बनाउन राय दिएको बताइएको छ ।

त्यसमध्ये ५० को संख्यामा जग्गा फिर्ता प्रयोजनका लागि मात्र प्रतिवादी बनाउनुपर्ने सीआईबीको प्रस्तावित राय छ ।

सीआईबीले आइतबार राति पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र डा बाबुराम भट्टराईको पनि ‘बयान’ लिएको थियो।