१२ मंसिर २०८१, बुधबार
प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो सेन्टरको आइसीयुमा उपचार भइरहेको छ ।
ओलीको अवस्था बुझ्न मन्त्रीदेखि नेतासम्म अस्पताल पुगेका छन् । गृहमन्त्री रामबहादुर थापा बादलदेखि विभिन्न मन्त्रीहरु अस्पताल पुगेका छन् ।
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनालदेखि थुप्रै नेता तथा कार्यकर्ता अस्पताल परिसर पुगेका छन् ।
अस्पतालमा भीड ह्वात्तै बढेको छ ।