५ मंसिर २०८१, बुधबार
काठमाडौं । उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि नेकपा (एमाले)को सचिवालय बैठक बस्दैछ । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधन भएपछि पार्टीको आकस्मिक रूपमा सचिवालय बैठक बस्न लागेको हो ।
सचिवालय बैठक आज बिहान ११ः०० बजे पार्टी मुख्यालयमा बोलाइएको हो । सोमबार राति १ बजे नेता नेम्वाङको हृदयघातबाट निधन भएको थियो । उनको शव यतिबेला सम्म त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
अस्पतालबाट राजकिय सम्मानका साथ बाहिर निकालिने तयारी भइरहेको छ । त्यसको निर्णय मन्त्रिपरिषदको बैठकले गर्नेछ । नेम्वाङ पार्थिव शरीरलाई अहिले केहीबेरमा ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा श्रद्धाञ्जलीका लागि ल्याइँदै छ ।
पार्टीले आज पार्टीका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ । अर्को सूचना जारी नभएसम्म पार्टीका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको एमाले स्रोतले जनाएको छ ।