१२ मंसिर २०८१, बुधबार
एनआईसी एसिया बैंकको नयाँ शाखा कार्यालय म्याङलुङ नगरपालिका–१ स्थित म्याङलुङमा आफ्नो शाखा विस्तार गरेको छ । म्याङलुङ नगरपालिकाका मेयर सञ्जयकुमार तुम्बाहाङफेबाट उक्त शाखाको उद्घाटन भएको छ ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर २ सय ६४ शाखा कार्यालयहरू, २ सय ६४ एटीएम, २६ वटा एक्सटेन्सन काउन्टर एवं १८ वटा शाखारहित बैंकिङ एकाइमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंकले जनाएको छ ।