सेनाका मेजरको शव नदीमा फेला

होमल्याण्ड खबर

२०८० भाद्र २६ गते, मंगलवार १६:३० मा प्रकाशित

 नेपाली सेनाका गुल्मपतिको शव फेला नदीमा फेला परेको छ।

यही भदौ १० गतेदेखि बेपत्ता भएका डोल्पा सदरमुकाम दुनैस्थित नन्द बक्स गुल्मका इञ्चार्ज विमल पण्डितको शव नदीमा फेला परेको हो।

डोल्पाबाट ३० किलोमिटर दक्षिण पश्चिम जाजरकोटतर्फको खाँडाचक्र नजिकैको भेरी नदीमा उनको शव फेला परेको हो। मेजर ध्रुव कार्कीको टोली परिवारसहित घटनास्थल पुगेपछि शव पहिचान भएको थियो।