गणित, विज्ञान र कम्प्युटर विषय अब अंग्रेजी भाषामै पढाउनु पर्ने

होमल्याण्ड खबर

२०८० भाद्र २७ गते, बुधबार १७:०१ मा प्रकाशित

अब विद्यालयका शिक्षकले गणित, विज्ञान र कम्प्युटर अंग्रेजी भाषामै पढाउनु पर्ने सरकारले नयाँ कानून प्रस्ताव गरेको छ ।

विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा उक्त प्रस्ताव गरिएको छ ।

शिक्षणको माध्यम भाषा नेपाली, संस्कृत, मातृभाषा वा अंग्रेजी जुन सुकै भए पनि गणित, विज्ञान र कम्प्युटरको पढाउने भाषा भने अंग्रेजी नै हुनुपर्ने प्रस्ताव गरिएको छ ।

नेपाली मौलिक कला, संस्कृति, सभ्यता, सामजिक रहनसहन समेटिएका सामाजिक अध्ययनका विषयहरू नेपाली वा मातृभाषाको माध्यमबाट अध्यापन गराउने प्रस्तावमा उल्लेख छ ।