५ मंसिर २०८१, बुधबार
सरकारको नेतृत्व गरिरहेको दल नेकपा ९माओवादी केन्द्र०ले आजका लागि पार्टीको अभियान रोकेको छ । गत भाद्र १६ गते देखि माओवादीले तीन महिने विशेष रुपान्तरण अभियान सञ्चालन गदैं आईरहेको छ ।
संविधानसभाका अध्यक्ष तथा नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङको आज राजकीय सम्मानका साथ दिउँसो ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम रहेको र नेम्वाङको शोकमा आज एक दिनका लागि माओवादीले आफनो पार्टीका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।
नेम्वाङको मंगलबार बिहान ३ बजे निधन भएको थियो ।
उनको निधनको शोकमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ । उनको राजकीय सम्मानका साथ अत्येष्टि गर्ने सरकारले निर्णय गरिसकेको छ ।
नेम्वाङको सम्मानमा श्रद्दा ब्यक्त गर्न पार्टीका सार्वजनिक कार्यक्रम र अभियान रोक्न माओवादीले मातहातका सम्पूर्ण पार्टी पंक्तिमा आन्तरिक निर्देशन समेत गरेको छ ।
‘नेम्वाङको सम्मानमा श्रद्दा ब्यक्त गर्न आज एक दिनका लागि पार्टीले सञ्चालन गरिरहेको अभियानका आन्तरिक कोठाहरुमा गरिने बैठक र छलफलबाहेकका सार्वजनिक कार्यक्रम स्थगित गर्न केन्द्रीय निर्देशन छ,’ नेकपा माओवादी उपत्यका विशेष प्रदेश अध्यक्ष जगत सिंम्खडाले भने,–‘त्यही निर्देशन अनुसार आजका सार्वजनिक कार्यक्रम र अभियान पार्टीको रोकिन्छ ।’