१० मंसिर २०८१, सोमबार
आज सुनको मुल्य तीन सय रुपैयाँले घटेको छ । चाँदीको मुल्य भने तोलामा ५ रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मुल्य तोलामा एक लाख १२ हजार ५ सय रुपैयाँ छ । हिजो तोलाको एक लाख १२ हजार ८ सय रुपैयाँ थियो ।
यस्तै, आज चाँदी तोलामा ५ रुपैयाँले बढेर एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।