कांग्रेसले बोलायो सांसद बैठक, यि हुन् मुख्य एजेण्डा

होमल्याण्ड खबर

२०८० आश्विन ५ गते, शुक्रबार १४:४६ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले विद्यालय शिक्षा विधेयकका सन्दर्भमा छलफल गर्न सांसदहरुको बैठक बोलाएको छ । विद्यालय शिक्षा विधेयकमा छलफल गर्न कांग्रेसले असोज ८ र ९ गते सांसदहरुलाई संसद भवन नयाँ वानेश्वरस्थित लोत्सेहलमा बैठक बोलाएको हो ।

उक्त विधेयकविरुद्ध शिक्षकहरुले देशभरका सरकारी विद्यालय बन्द गरेर काठमाडौं केन्द्रीत आन्दोलन चर्काएका छन् । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार सो विधेयकबारे पार्टीको एकीकृत धारणा बनाएर अगाडि बढ्न केन्द्रिय सदस्यहरुसहितको बैठक बोलाइएको हो ।

शिक्षा विधेयक २०८० शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले गत भदौ २७ गते प्रतिनिधि सभामा दर्ता गरेका थिए । प्रस्तावित विधेयकमा असन्तुष्ट शिक्षकहरु आन्दोलनमा छन् ।