५ मंसिर २०८१, बुधबार
नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा सरकार प्रभावकारी नभएको भन्दै नेताहरूले आपत्ति जनाएका छन्।
बैठकको चौथो दिन आइतबार केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारमा बस्नु मात्र उपलब्धि मान्नु गलत भएको टिप्पणी गरे।
सांसद समेत रहेका केन्द्रीय सदस्य पौडेलले सरकारले महँगी नियन्त्रण गर्न नसकेको, अनुगमन नभएको तथा बजार क्षेत्रमा ३५ प्रतिशत सटर बन्द भएको र खाद्यान्नमा १४ प्रतिशतसम्म महँगी बढेको उल्लेख गरे। उनले पार्टीबाट मन्त्री बनेकाहरूले पनि राम्रो काम गर्न नसकेको बताए ।
“हाम्रा कुनै पनि साथी ९मन्त्री०ले राम्रो काम गरे भनेर मैले भाषण गर्न पाइनँ । सरकारमा बस्नु मात्र उपलब्धि होइन,” उनले भने ।
नेता पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई काम गर्न आग्रह गर्न सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराए । कांग्रेस सरकारमा बसेकाले पार्टी लोकप्रिय हुने गरी काम गर्नुपर्ने उनको भनाइ थियो ।
“सभापतिले प्रधानमन्त्रीकहाँ गएर यो यो काम गर्नुहोस् भनेर भन्न सक्नुपर्यो । गठबन्धन जोगाउनु मात्र उपलब्धि होइन,” उनले भने ।
दुबईमा लगानी ओइरिएको चर्चा गर्दै उनले देशमा पनि त्यस्तै वातावरण सिर्जना गरिनुपर्ने धारणा राखे ।