नेप्से परिसूचक १८ अंकले बढ्यो

होमल्याण्ड खबर

२०८० आश्विन ९ गते, मंगलवार १५:४० मा प्रकाशित

धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक साताको तेस्रो दिन सोमबार १८.४५ अंक बढेको छ । यस दिन नेप्से ०.९२ प्रतिशत बढेर २०२२.९१ विन्दुमा बन्द भएको हो ।

यसदिन ८७ लाख चार हजार ४७७ सेयरको दुई अर्ब नौ करोड ३८ लाख रुपैयाँमा कारोबार भएको छ ।

मेन्छियाम हाइड्रोपावर लिमिटेडलेको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । यस्तै, मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको सेयर मूल्य पनि १० प्रतिशतले बढेको छ भने शुभम् पावर लिमिटेडको मूल्य ९.९९ प्रतिशतले बढेको छ ।

यस्तै, मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य ९.९६ र मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ९.९३ प्रतिशतले बढेको छ ।

बढी गुमाउनेमा हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ५.८७ प्रतिशत र थ्री स्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ५.५७ प्रतिशतले घटेको छ ।