विद्यालय शिक्षा विधेयक संसदमा पेस

होमल्याण्ड खबर

२०८० आश्विन १४ गते, आईतवार १६:०९ मा प्रकाशित

सरकारले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ संसदमा पेस गरेको गरेको छ । शिक्षामन्त्री अशोक राईले आज आइतवार विधेयक संसदमा पेस गरेका हुन् ।

विधेयकबारेमा फरक मत राख्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले जिल्ला शिक्षा कार्यालय बिउँताउन खोज्नु गलत भएको बताए । उनले आधारभूत र माध्यमिक शिक्षालाई पालिका मातहत नै राखिनुपर्ने माग पनि गरे ।

शिक्षामन्त्री राईले विधेयकमा सरोकारवालाले राखेका केही माग समेटेको र शिक्षक आन्दोलन लगायतबाट आएका मागलाई संसदले समेट्ने बताए ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अमेरिका र चीन भ्रमणका बारेमा जानकारी पनि गराए । यस्तै उनले सुन तस्करीबारे अनुसन्धान गर्न बनेको उच्चस्तरीय समिति गठन र पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारेमा पनि संसद्लाई जानकारी गराए ।

प्रतिनिधिसभाको अर्को बैठक आउँदो १६ गते मङ्गलवार दिउँसो १ बजेका लागि तोकिएको छ ।