१० मंसिर २०८१, सोमबार
पशुपतिनाथ मन्दिरमा लगाइएको सुनको जलहरीमा अनियमितता पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोषका ३ जना अधिकारीविरुद्ध आइतवार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
कोषका सदस्य सचिव डा. मिलनकुमार थापा, तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालसहित ३ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
सदस्यसचिव थापा, पूर्वसदस्य सचिव ढकाल र स्टोरकिपर अरुणकुमार श्रेष्ठविरुद्ध १ करोड १७ लाख १ हजार ७ सय ८१ रुपैयाँ बिगो दाबी गरिएको छ ।
पशुपतिमा चढाइएको सुनको जलहरी सम्बन्धमा अख्तियारले तौल नापजाँच गरेर अनुसन्धान गरेको थियो ।