१ चैत्र २०८२, आईतवार
सांसद जनार्दन शर्माले विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० मा लामो समयको दफाबार छलफलपछि मात्रै पारित गर्नुपर्ने बताएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलमा उनले यस्तो बताएका हुन्।
उनले शिक्षा विधेयक सकारात्मक रहेको तर,कतिपय दफाहरूमा छलफल हुन आवश्यक रहेको बताए। उनले भने,‘संसदमा पेस भयो,सकारात्मक छ,कतिपय व्यवस्थामा गम्भीर छलफल गर्नुपर्ने देखिन्छ,यो विधेयमा दफाबार लामो समयमा छलफल गरेर मात्र पास गर्नुपर्छ।’

