४ आश्विन २०८३, आईतवार
काठमाडौंको सुन्धारास्थित एक होटलमा युवती मृत फेला परेकी छन्।
काठमाडौं महानगरपालिका वडा नम्बर ११ सुन्धारास्थित श्री गुरू गेष्ट हाउसमा युवती मृत फेला परेको प्रहरीले जनाएको छ।


ललितपुर इमाडोलकी २० वर्षीया भूमिका राउत सोमबार मृत फेला परेको प्रहरीको भनाइ छ।
उनी उक्त होटलमा गत असोज ८ गतेदेखि बस्दै आएकी थिइन्।
प्रहरी वृत्त जनसेवाले घटनाको थप अनुसन्धान अघि बढाएको छ।