८ मंसिर २०८१, शनिबार
जनता बैंक नेपालले छिमेकी मुलुक भारतबाट पनि रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको छ । ‘जनता रेमिट’ मार्फत आन्तरिक तथा अन्तर्राष्ट्रिय रेमिट्यान्स सेवा पुराउँदै आएकोमा अबदेखि भारतमा रहेका ग्राहकहरूले समेत सहजै जनता रेमिटबाट रेमिट्यान्स सेवा उपयोग गर्न सक्ने बैकले जनाएको छ ।
एक्सिस बैंक, भारत र जनता बैंक नेपालबीच हालै भएको सम्झौताअनुसार अब भारतमा रहेका नेपालीहरूले जनता रेमिटमार्फत सुलभ रूपमा आफ्नो कमाई आफ्नो आफन्तलाई अथवा सिधै जनता बैंकमा रहेको खातामा पठाउन सक्ने भन्दै रेमिट्यान्स कारोबारका लागि एक्सिस बैंकको भारत भरी रहेका ३५०० शाखाहरूमार्फत जनता रेमिटमा पैसा पठाउन सकिने जनाएको छ । एक्सिस बैंकबाट जनता रेमिटमार्फत पठाइएको रकम देशभरी रहेकाजनता बैंकको १२६ शाखाको अतिरिक्त करिब १७ हजारको संख्यामा छरिएका सम्सारा रेमिट, आईपे रेमिट, बुम रेमिट, जीएमई रेमिट र सेवा रेमिटबाट समेत भुक्तानी लिन सकिनेछ ।
जनता रेमिट सेवा निकट भविष्यमै मलेसिया, कुवेत, कतार, ओमान र यूएईबाट समेत सुरु गरिनेछ । जनता बैंकले देश भरीमा १२६ शाखा सञ्जाल,४० शाखारहित बैंकिङ, २ सीमित बैंकिङ एकाइ, २ एक्सटेन्सन काउन्टर र ७१ एटीएमबाट सरल र सहज रुपमा बैंकिङ सेवा प्रदान गरिरहेको छ ।