४ जिल्लाका सीडीओ हेरफेर, काे कहाँ ?

होमल्याण्ड खबर

२०८० आश्विन २५ गते, बिहीबार १६:०० मा प्रकाशित

गृह मन्त्रालयले बाँकेका प्रमुख जिल्ला अधिकारी ( प्रजिअ ) विपिन आचार्य सहित ४ जिल्लाका प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको छ ।

धार्मिक र साम्प्रदायिक दङ्गा भड्किएपछि प्रजिअ आचार्यलाई गृह मन्त्रालयमा फिर्ता बोलाइएको छ । बाँकेको प्रमुख जिल्ला अधिकारीमा श्रवण कुमार पोखरेललाई पठाएको गृह मन्त्रालयका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी पनि फेरिएका छन् । सर्लाहीमा कार्यरत इन्द्रदेव यादवलाई जिल्ला प्रशासन कार्यालय इलाममा सरुवा गरिएको छ । कोमल प्रसाद धमलालाई सर्लाहीमा सरुवा गरिएको छ । धमला दोलखाका प्रजिअ थिए ।

जिल्ला प्रशासन कार्यालय दोलखाको प्रजिअमा टुवराज पोखरेल लाई पदस्थापन गरिएको गृह मन्त्रालयले जनाएको छ ।