इजरायलबाट काठमाडौंका लागि उडे २५३ नेपाली,राति साढे १ बजे विमानस्थल अवतरण

होमल्याण्ड खबर

२०८० आश्विन २५ गते, बिहीबार १७:२४ मा प्रकाशित

इजरायलमा रहेका २ सय ५३ जना नेपाली काठमाडौंका लागि उडेका छन् । उनीहरू नेपाल वायुसेवा निगमको जहाजबाट काठमाडौं आउन लागेका हुन् ।

सरकारले उनीहरूको उद्दारका लागि निगमको जहाज पठाएको थियो । निगमको जहाज राति साढे १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गर्नेछ ।

इजरायलको बेन गुरियन विमानस्थलबाट केहीबेरअघि उडेका छन् । उनीहरूलाई लिन परराष्ट्रमन्त्री एनपी साउद इजराजय गएका छन् । आज बिहान साढे २ बजे नेवानीको विमान इजरायलका लागि उडेको थियो ।