४ मंसिर २०८१, मंगलवार
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको आकस्मिक पदाधिकारी बैठक सुरु भएको छ ।
कोशी प्रदेश सरकार गठन प्रकियाले निम्ताएको संकटको निकास खोज्नका लागि नेपाली कांग्रेस सभापति देउवाले बोलाएको बैठक भर्खरै सुरु भएको हो ।
कोशी प्रदेशमा कांग्रेसका प्रभावशाली नेता शेखर कोइराला पक्षधरले विद्रोह गरेर केदार कार्कीको नेतृत्वमा नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री दाबी गरेपछि कांग्रेस भित्रको संकट प्रकट रूपमा नै देखिएको छ ।
धुम्बाराहीस्थित सभापति देउवाको निवासमा बोलाइएको बैठकले हिजाेबाट कांग्रेस भित्र कोशी प्रदेशमा भएको विद्रोहका बारेमा आवश्यक निर्णय लिनेछ । साँझ ५ बजेसम्ममा निर्णय लिनु पर्ने भएकाले सभापति देउवाले आकस्मिक रूपमा पदाधिकारी बैठक बोलाएका हुन् ।