माछापुच्छ्रे बैंकद्वारा स्मार्ट बचत खातावालालाई बीमा रकम भुक्तानी

होमल्याण्ड खबर

२०७५ कार्तिक १५ गते, बिहीबार १२:५४ मा प्रकाशित

माछापुच्छ्रे बैंकले स्मार्ट बचत खाताको बीमा सुविधाअन्तर्गत तीनजना ग्राहकलाई बीमा रकम भुक्तानी गरेको छ । बैंकले भक्तपुरकी बिन्दि नात्यात, तनहुँकी ईन्दुदेवी अधिकारी तथा सिन्धुलीका निराजन भट्टराईलाई बीमा रकम प्रदान गरेको हो ।

बैंकका अनुसार तात्यातले ४३ हजार ८ सय ८६, अधिकारीले २८ हजार ७ सय २८ र भट्टराई ६० हजार ४ सय ३५ रुपैयाँ प्राप्त गरे ।
५ हजार न्यूनतम मौज्दातमा खोल्न मल्ने माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा ७ प्रतिशत उच्चतम ब्याजदर प्राप्त हुनेछ भने स्वास्थ्य र दुर्घटना परे बीमा रकम भुक्तानी हुनेछन् ।

यस खाताअन्तर्गत ५ लाख रुपैयाँ वा खातामा रहेको मासिक औसत मौज्दातको ५ गुणासम्मको दुर्घटना बीमा प्राप्त हुनेछ । यसैगरी १ लाख सम्मको अस्पताल भर्ना खर्च प्राप्त हुनेछ भने ५ हजार रुपैयाँ सम्मको औषधी खर्च प्राप्त हुनेछ ।
यस खातामा निःशुल्क इन्टरनेट बैकिङ्ग सुविधा, निःशुल्क एमबिएल मोबाइल मनी, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरो सेयर सुविधा, निःशुल्क सि–आश्वा सुविधा, निःशुल्क अन्तरशाखा कारोबार सुविधा, निःशुल्क डेबिट तथा क्रेडिट कार्ड सुविधा प्राप्त हुनेछ ।

बैंकले दशैभर आफ्ना ८६ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टरलगायत ३७ शाखा रहित बैकिङ सेवा समेत गरी जम्मा १ सय २५ स्थानबाट बैकिङ्ग सुविधा प्रदान गर्दै आएको छ । बंैकको देशभर १ सय १ वटा एटीएम रहेका छन् ।