४ मंसिर २०८१, मंगलवार
सर्वोच्च अदालतमा दसैं अवधिभर बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने भएको छ। त्यसका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ।
सर्वोच्च अदालतले सूचना जारी गर्दै दसैं अवधिमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ हुने जानकारी गराएको हो। सर्वोच्च प्रशासनका अनुसार घटनास्थपनादेखि कोजागत पूर्णिमाका दिनसम्म अदालत बन्द हुनेछ।
सर्वोच्चले बन्दी प्रत्यक्षीकरणका रिट निवेदनमाथि फैसला गर्ने न्यायाधीशहरूको सूची समेतसार्वजनिक गरेको छ।