१० मंसिर २०८१, सोमबार
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेटले यो वर्ष दशैंका लागि खसीबोका र च्याङ्ग्रा भोलि (सोमबार) देखि बिक्री गर्ने भएको छ ।
खाद्यले यस वर्षको दशैंमा छुटसहित ८ करोड ३३ लाख बराबरको खसीबोका र च्याङ्ग्रा व्यापार गर्ने तयारी गरेको छ ।
खसीबोका र च्याङ्ग्रा काठमाडौं आउने क्रममा रहेको लिमिटेडका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिए । आज बेलुका आइपुगे भोलिबाटै बिक्री शुरु गर्ने सुवेदीले बताए ।
उनका अनुसार यो वर्ष २ हजार खसीबोका र १ हजार वटा च्याङ्ग्रा मगाइएको छ।