४ मंसिर २०८१, मंगलवार
कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले कोसीको राजनीतिक संकट हटेको बताएका छन्। आइतबार पद तथा गोपनीयताको शपथ ग्रहणपछि मुख्यमन्त्री कार्कीले कोसीमा प्रदेशसभा विघटन हुन्छ कि मध्यावतीमा जान्छ कि भन्ने चिन्ता हटेको बताएका हुन्।
मुख्यमन्त्री कार्कीले कोशीमा सहमतिको सरकार बन्ने बताए। उनले सहमतिको सरकारका लागि ढोका खुला रहेको समेत बताए। उनले भने,’ यसअघिका मुख्यमन्त्रीले पनि सहमतिको सरकारका लागि आह्वन गरेका थिए। सहमतिको सरकार लागि ढोला खुला छ।’
मुख्यमन्त्री कार्कीले प्रदेशमा देखिएका सामाजिक,सांस्कृतिकलगायत विभिन्न विषयमा वार्ता,छलफल र सहमतिका आधारमा टुंगो लगाउने बताए। उनले प्रदेशको समृद्धिका लागि हातेमालो गर्दै अगाडि जाने बताए। उनले भौतिक विकास मात्रै नभइ मानवीय विकास पनि सरकारको प्राथमिताका रहने बताए।
मुख्यमन्त्री कार्कीले दुईजना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका छन्। कार्कीले नेकपा एमालेका रामराना र नेपाली कांग्रेसका शमशेर राईलाई मन्त्री बनाएका हुन् । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिइसकेका छन्। उनीहरूको मन्त्रालय भने तोकिएको छैन।
कार्की कांग्रेस ८ र एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।