२३ बैशाख २०८३, बुधबार
गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ महाधिवेशन भोलि (असोज ३०) देखि काठमाडौंमा सुरु हुँदैछ। अधिवेशनको उद्घाटन काठमाडाैंकाे सोल्टी होटलमा भोलि दिउँसो साढे २ बजे हुनेछ। ११ औं विश्व सम्मेलनबाट नयाँ नेतृत्व चयनका लागि आकांक्षीहरूले धमाधम उम्मेदवारी दर्ता गराइरहेका छन्।
गत बिहीवारबाट मनोनयन दर्ता सुरु भएकोमा आइतबारसम्म ७० जनाले उम्मेदवारी दर्ता गरेका छन्।


संघको नयाँ कार्यसमितिका लागि विभिन्न ७४ पदका लागि प्रतिस्पर्धा हुनेछ। सोमबारसम्म अनलाइन र भौतिक रूपमा उपस्थित भएर उम्मेदवारी दर्ता गराउन सकिने जानकारी निर्वाचन समितिका सदस्य तथा सूचना अधिकृत चिरञ्जीवी ढकालले दिए।
एनआरएनएमा यसपटक नेतृत्वका लागि पाँच जनाले उम्मेद्वारी घोषणा गरेका छन्। उनीहरुको सबैको साँझा मुद्दा नेपालमा लगानी भित्र्याउन पहल गर्नेदेखि नागरिकता समस्या समाधान गर्नेसम्मका छन्।
अध्यक्षका प्रत्यासी बद्री केसी एनआरएनएको संगठनलाई व्यापकता दिलाउन उम्मेद्वारी दिएको बताउँछन्। अर्का उम्मेदवारका आकांक्षी महेश श्रेष्ठ भने काम बोल्न र बढी काम गर्ने संस्थाका रुपमा एनआरएनलेलाई विकास गर्ने उम्मेद्वारी दिएको बताउँछन्। त्यस्तै रविना थापा एउटा एनआरएनए मन्त्रालय बनाउने र त्यसमा हाम्रो स्रोत पनि प्रयोग गर्ने बताउछिन्।
एनआरएनएलाई समृद्ध नेपालको परिकल्पनाको बलियो सारथी बनाउन आफूले उम्मेद्वारी दिएको राजेन्द्रकुमार शर्माको दाबी छ। विनय अधिकारी भने यस संस्थामा विकृति रोक्न आफू नेतृत्वमा आउन चाहेको बताउँछन्।
उपाध्यक्षमा अभिमानसिंह बस्नेत, गंगाधर गौतम, रोविनप्रसाद शेरचन, गोविन्दप्रसाद श्रेष्ठ, राजु रेग्मी, रामशरण सिम्खडा, डा. केशव पौडेल, नारायणप्रसाद आचार्य, खगेन्द्र न्यौपाने, जेदुनाथ पोखरेल, चिरञ्जीवी घिमिरे, विजय मोक्तानले उम्मेदवारी दर्ता गरेका छन्।
त्यसैगरी, महिला उपाध्यक्षमा यसिमा बेगम सैयद, युवा उपाध्यक्षमा अब्दुल वासिद र रोशन थापाले उम्मेदवारी दर्ता गरेका छन्। उपमहासचिवमा सोमनाथ सापकोटा, कृष्णजगनाथ गिरी, प्रमोद सिटौला, प्रवीण गुरुङ, सन्तोषकुमार भट्टराईले उम्मेदवारी दिएका छन्।
त्यसैगरी, सचिवमा दयानिधि सापकोटा, प्रकाश सापकोटा, टंकप्रसाद गैरे, राजेन्द्रप्रसाद पुडासैनी, रामजी पोखरेल, पारसमणि पोखरेल, मनोज श्रेष्ठ, यज्ञराज सुवेदी, महिला सचिवमा राधिका गुरुङले उम्मेदवारी दिएका छन्।
एसिया प्रशान्त क्षेत्रीय संयोजकमा जापानका शिवप्रसाद पौडेल, युवा संयोजकमा जापानकै सुपेन्द्र घिसिङ, ओसियाना क्षेत्रीय संयोजकमा दिनेश पोखरेल, उपसंयोजकमा अरूणकुमार ठाकुर, ओसियाना उपसंयोजकमा गोकुलप्रसाद घिमिरे, एसिया प्रशान्त क्षेत्रीय संयोजकमा प्रदीप न्यौपानेले उम्मेदवारी दर्ता गरेका छन्।
अमेरिकाज उपसंयोजकमा पूर्णचन्द्र बानियाँ, मध्यपूर्व संयोजकमा राजेन्द्र अर्याल, मध्यपूर्व महिला उपसंयोजकमा सरिता भण्डारी पौडेल, मध्यपूर्व क्षेत्रीय महिला संयोजकमा लक्ष्मी गिरी, युरोप उपसंयोजकमा राजु अर्याल, महिला संयोजकमा अनिता गुरुङ, युवा संयोजकमा रविन अधिकारी, ओसियाना क्षेत्रीय उपसंयोजकमा कमलराज पाठक, युरोप क्षेत्रीय संयोजकमा प्रकाश भण्डारी, सहकोषाध्यक्षमा मोहम्मद मुक्तदा मुसलमान, मध्यपूर्व क्षेत्रीय युवा उपसंयोजकमा रमेश श्रेष्ठ, क्षेत्रीय अमेरिकाज संयोजकमा बेदराज बस्नेत, एसिया प्यासेफिक क्षेत्रीय उपसंयोजकमा श्रवणकुमार सत्याल, कोषाध्यक्षमा सुजनकुमार थापा, ओसियाना क्षेत्रीय संयोजकमा डण्डपाणी कँडेल (डीपी), ओसियाना क्षेत्रीय युवा संयोजकमा सूर्य आचार्यले उम्मेदवारी दर्ता गरेका छन्।
त्यसैगरी सहकोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सिना, कोषाध्यक्षमा ठाकुरप्रसाद ढुंगाना, महिला सहसंयोजकमा अमृता थापा, उपसंयोजक एसिया प्यासेफिकमा दिपक केसी, युरोप क्षेत्रीय संयोजकमा डा.चिरञ्जीवी खड्का, महिला संयोजकमा अनुजा प्रधान, देवकी खत्री गुरुङले उम्मेदवारी दिएका छन्।
त्यसैगरी, सहकोषाध्यक्षमा देविदल खड्का, क्षेत्रीय युवा संयोजक विकास बस्नेत, युरोप उपसंयोजकमा शंकर डाँगी, उपसंयोजकमा दिपकप्रसाद कँडेल, क्षेत्रीय उपसंयोजकमा संजीवकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन्।
एनआरएनएमा अध्यक्ष, एक महिला र युवासहित ८ उपाध्यक्ष, एक महासचिव, ६ सचिव र एक कोषाध्यक्ष सहित ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीका लागि निर्वाचन हुनेछ।