भोलि बस्ने भनिएको राष्ट्रियसभा बैठक स्थगित

होमल्याण्ड खबर

२०८० आश्विन २९ गते, सोमबार १४:०७ मा प्रकाशित

राष्ट्रियसभाको भोलि मङ्गलबार दिनको १:०१ बजेका लागि निर्धारण गरिएको बैठक स्थागित भएको छ ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को सूचनाद्वारा तोकिएको मिति र समयमा बस्ने गरी यसअघि निर्धारित बैठक स्थगित गरेका हुन्।

राष्ट्रियसभाको भोलिका लागि निर्धारित बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने सङ्घीय ससद सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ ।