४ मंसिर २०८१, मंगलवार
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय नेपाली नागरिकता हस्तान्तरण कार्यक्रम शुभारम्भ गरेका छन् ।
सो अवसरमा उनले एनआरएनका अध्यक्ष कुल आचार्य र बद्री केसीलाई गैरआवासीय नेपाली नागरिकता हस्तान्तरण गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले गैरआवासीय नेपालीका समस्या समाधान गर्न सरकार सकारात्मक रहेको बताए । एनआरएनएसँग सम्बन्धित थुप्रै सवालहरूलाई सरकारले नीति तथा कार्यक्रम र बजेटबाट सम्बोधन गरेको उनको दाबी थियो ।
उनले भने, नेपाल सरकारले विदेशी लगानीको न्यूनतम सीमा ५ करोडबाट घटाएर २ करोड कायम गरेको छ । धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीहरूको लगानी खुला गर्न कानुनी व्यवस्था मिलाइएको छ । यसैगरी वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमार्फत योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा आबद्ध गर्ने निर्णय लागू भइसकेको छ।