वर्तमान सरकारको बारेमा कुनै प्रतिक्रिया दिन आवश्यक छैनः एमाले अध्यक्ष ओली

होमल्याण्ड खबर

२०८० आश्विन ३० गते, मंगलवार ११:४७ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको बारेमा आफूले कुनै प्रतिक्रिया दिन आवश्यक नरहेको बताएका छन्। सोमवार काठमाडौंमा चलचित्र क्षेत्र सम्बन्धी एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार कहिल्यै पनि स्थायी नहुने बताए।

उनले नौरथा लागेको बेला शुभकामना दिनुपर्ने बेला सरकारको बारेमा भनिरहनु आवश्यक नरहेको बताए ।

अध्यक्ष ओलीले राजनीति गर्नु भनेको धुम्म परेर बस्नु मात्रै नभई रमाउनु पनि राजनीति रहेको बताए। उनले जिन्दगीको एउटा मात्रै रङ र आयाम नहुने बताए । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य आफूलाई धेरै मन पर्ने कलाकार भएको ओलीले बताए ।

सेन्सर बोर्डले चलचित्र देशको अहित हुने, साम्प्रदायिक विद्वेष भड्काउने खालका छन् भने मात्र रोक्न आवश्यक रहेको समेत उनको भनाइ छ।