४ मंसिर २०८१, मंगलवार
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाइ हृदयघात भएको छ। चीनको राजधानी बेइजिङमा आयोजित तेस्रो ‘बेल्ट एण्ड रोड फोरम फर इण्टरनेशनल कोअपरेशन’को सम्मेलनमा भाग लिन बेइजिङ पुगेका उपप्रधन तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ श्रेष्ठलाई हृदयघात भएको हो। उनलाई गएराती छातीमा समस्या देखा परेपछि अस्पताल भर्ना गरिएकाे छ।
‘उहाँ (श्रेष्ठ) लाई राती छाती दुख्ने समस्या देखा पर्यो, त्यसपछि अस्पताल लगिएको हो,’ स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले भने,–‘उहाँको अहिले बेइजिङमा रहेको अस्पतालमा उपचार भईरहेको छ ।’ बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसनमा सहभागी हुन श्रेष्ठ सोमबार चीन प्रस्थान गरेका थिए ।
मंगलबार र बुधबार बेइजिङमा हुने बीआरएफमा हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्चको नीति र प्रगतिबारे छलफल कार्यक्रममा श्रेष्ठले बुधबार ‘कि नोट स्पिच’ दिएका थिए । त्यसपछि उनलाई राती १ बजे स्वास्थ्यमा समस्या देखा परेको हाे।
चेकजाँचका क्रममा उनलाई ‘माइल्ड हर्टअट्याक’ भएको पत्ता लागेको स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए ।
अस्पतालमा उनको एन्जियोग्राम गरेर हेर्दा मुटुको एकतर्फीको भल्भमा रक्तसञ्चारमा अवरोध देखिएपछि त्यसलाई खुलाइएको स्वकीय सचिव श्रेष्ठले बताए। हाल उनलाई निगरानीका लागि आईसीयूमा राखिएको छ। गृहमन्त्री श्रेष्ठको सचिवालयका अनुसार उनी अहिले खतरामुक्त छन् ।