आज सुनको मूल्य हालसम्मकै उच्च

होमल्याण्ड खबर

२०८० कार्तिक २ गते, बिहीबार १३:५० मा प्रकाशित

सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ। आज सुन मूल्य प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १३ हजार ७ सयमा कारोबार भइरहेको छ।

यो मूल्य हालसम्मकै सबैभन्दा उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार सुनको मूल्य आज प्रतितोलामा १ लाख १३ हजार ७ सय रुपैयाँ पुगेको छ। यो मूल्य नेपालमा अहिलेसम्मकै सबैभन्दा उच्च हो।

गत ४ साउनमा सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँमा पुगेको थियो। बुधबार सुनको मूल्य प्रतितोला १ लाख १३ हजार २ सय थियो।

यस्तै, आज तेजाबी सुनको मूल्य १ लाख १३ हजार १५० कायम हुँदा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १३ सय ९५ रुपैयाँ तोकिएको छ।

मध्यपूर्वमा इजरायल र हमासबीच जारी  द्वन्द्वको असर सुन मूल्यमा परेको व्यवसायी बताउँछन्।