गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त

होमल्याण्ड खबर

२०८० कार्तिक २ गते, बिहीबार १५:०१ मा प्रकाशित

हृदयघात भएर उपचाररत उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ खतरामुक्त अवस्थामा रहेको सरकारले जनाएको छ ।

चीनमा रहेका उपप्रधानमन्त्री श्रेष्ठलाई गएराति सामान्य प्रकारको हृदयाघात भएको थियो । उनकाे बेइजिङस्थित पेकिङ युनियन मेडिकल कजेजमा उपचार भइरहेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। उनकाे स्वास्थ्य अवस्था खतरामुक्त रहेको मन्त्री शर्माले बताइन्।

“प्रधानमन्त्री प्रचण्डले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे चीनका लागि नेपाली राजदूतसँग जानकारी लिइराख्नुभएको छ। उपचारका क्रममा केही दिन उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङमा नै रहने जानकारी आएको छ”, मन्त्री शर्माले भनिन्।