संघीय संसदकाे संयुक्त बैठक सुरू, राष्ट्रसंघीय महासचिव गुटेरेसकाे सम्बाेधन

होमल्याण्ड खबर

२०८० कार्तिक १४ गते, मंगलवार १६:५३ मा प्रकाशित

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको शान्ति प्रक्रियामा सहयोग गर्न पाउँदा राष्ट्रसंघले गौरव व्यक्त गरेको बताएका छन् ।

नेपाल भ्रमणको क्रममा संयुक्त सदनलाई सम्बोधन गर्दै उनले नेपालको शान्ति प्रक्रियामा संलग्न नेताहरुप्रति राष्ट्रसङ्घका तर्फबाट सम्मान व्यक्त गरे ।

नेपालले शान्ति प्रक्रियाअन्तर्गत सङ्क्रमणकालीन न्यायलाई अन्तिम निष्कर्षमा पुर्‍याउन लागेकामा शुभेच्छा व्यक्त गर्दै महासचिव गुटेरेसले पीडित पक्षको अधिकार रक्षा गर्दै शान्ति प्रक्रिया टुंग्याउन आग्रह गरे ।