झापामा ९ वर्षीया बालिका बलात्कृत

होमल्याण्ड खबर

२०८० कार्तिक १५ गते, बुधबार १३:४२ मा प्रकाशित

 झापामा ९ वर्षीया बालिका बलात्कृत भएकी छन्। बालिका बलात्कार गरेको आरोपमा हल्दिबारी गाउँपालिका ४ वडावारी तामाङ वस्तीका ४५ वर्षीय डिल्लीकुमार श्रेष्ठ प्रक्राउ परेका छन्।

उनलाई प्रहरीले मंगलवार साँझ पक्राउ गरेको हो। प्रहरीका अनुसार श्रेष्ठले ती बालिकालाई सोमवार राति घरमा कोही नभएको बेला बलात्कार गरेका थिए।

घटनाबारे प्रहरीमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।