विश्वकप छनोट : नेपाललाई ओमानले दियो १४६ रनको लक्ष्य

होमल्याण्ड खबर

२०८० कार्तिक १६ गते, बिहीबार ११:१२ मा प्रकाशित

आईसीसी टी–२० क्रिकेट विश्वकप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले ओमानविरुद्ध जीतका लागि १४६ रनको लक्ष्य पाएको छ। टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रन बनाएसँगै नेपालले १४६ रनको मध्यम लक्ष्य पाएको हो ।

ओमानलाई १४५ रनमा रोक्ने क्रममा नेपालका तर्फबाट बलर करन केसीले ३, सोमपाल कामीले २, सन्दीप  लामिछानेले २ र गुलशन झा र अभिषेक बोहराले १ विकेट लिएका थिए। लामिछानेले एउटै ओभरमा ओमानका दुई जना ब्याटरलाई पेबेलियन फर्काएका थिए।

ओमानका ब्याटर जिसन मक्सुदले ३२ र प्रतीक अथाभलेले २४ बाहेक अन्य ब्याटरले ठूलो योगदान गर्न सकेनन्। त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए।