२३ बैशाख २०८३, बुधबार
शुक्रबार राति जाजरकाेट केन्द्रविन्दु भएर गएकाे भूकम्पमा परी मृत्यु भएकामध्ये १२० जनाको शव आफन्तले बुझेका छन्। प्रहरीले आइतबार बिहान दिएको तथ्याङ्क अनुसार रुकुम पश्चिमका ५२ शव र जाजरकोटका ६८ शवहरु आफन्तले बुझिसकेका हुन्।
रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको सबै शवहरु आफन्तले बुझेका छन् भने जाजरकोटमा मृत्यु भएका १०५ जनामध्ये ६८ जनाको शव आफन्तले बुझेको प्रहरीले जनाएको छ। अझै ३७ शव आफन्तले बुझ्न बाँकी छ । यस्तै शुक्रबार राति ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्नेच्युडको भूकम्पले जाजरकोटमा १०५ जनाको मृत्यु भएको थियो भने १०६ जना घाइते भएका छन् ।


यसैगरी रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएकोमा १३२ जना घाइते छन्। घाइतेको विभिन्न जिल्लाका अस्पतालहरुमा उपचार जारी छ।