संसदीय दलको नेताबाट उद्धव थापाले दिएको राजीनामा अस्वीकृत

होमल्याण्ड खबर

२०८० कार्तिक २० गते, सोमबार १६:५१ मा प्रकाशित

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले दिएको राजीनामा अस्वीकृत भएको छ । कांग्रेसको आज बसेको प्रदेश संसदीय दलको बैठकले थापाले दिएको राजीनामा अस्वीकृत गरेको हो ।

थापाले मुख्यमन्त्रीमा केदार कार्कीले पार्टीबाट विद्रोह गरेपछि राजीनानमा दिएका थिए ।

असोज २७ गते पत्रकार सम्मेलन गर्दै उनले नैतिकताका आधारमा राजीनामा दिएको बताएका थिए । कोशी प्रदेशको विकसित राजनीतिक घटनाक्रम र नयाँ सरकार निर्माणको घटनाक्रमका कारण राजीनामा दिएको थापाले बताएका थिए ।

कांग्रेस र माओवादीसहितका दलहरुले इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउन निर्देशन दिएको थियो । तर केदारले एमालेसँग मिलेर सरकार बनाएपछि थापाले नैतिकताको आधारमा राजीनामा दिएक थिए । यद्यपि उक्त राजीनामा स्वीकृत भने भएको थिएन् ।