भूकम्प पीडितका लागि राहत बोकेर २ वटा चिनियाँ जहाज पोखरा

होमल्याण्ड खबर

२०८० कार्तिक २२ गते, बुधबार १२:२० मा प्रकाशित

जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि राहत बोकेर २ वटा चिनियाँ जहाज पोखरा आइपुगेका छन् ।

जहाजमार्फत आएका राहत सामग्री नेपालका लागि चिनियाँ राजदूत छन् सोङले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरे ।

चिनियाँ जनमुक्ति सेनाका २ वटा जहाज १ लाख ७९ हजार किलो राहत सामग्री लिएर पोखरा विमानस्थल अवतरण गरेको हुन् ।

उक्त राहत सामग्री नेपाली सेनाको स्काइ ट्रकले यहाँबाट भूकम्प प्रभावित  क्षेत्रमा पुर्‍याउने छ । आवश्यकताका आधारमा सामग्री पोखराबाट पठाइने छ ।