९ मंसिर २०८१, आईतवार
रूपन्देहीकाे एक गोदामबाट ठूलो परिमाणमा फूलका माला बरामद भएको छ। रूपन्देही प्रहरीका अनुसार मायादेवी गाउँपालिका-८ बसडिलवास्थित सिद्धार्थ कोल्ड स्टोरमा भण्डारण गरेर राखिएको झन्डै १ करोड बराबरको सयपत्री फूलका माला बरामद गरिएको हो।
कोल्ड स्टोरमा भण्डारण गरेर राखिएको फूलका माला भारतबाट भन्सार छलेर ल्याइएको आकलनमा प्रहरीले अनुसन्धान सुरू गरेको छ।
तिहारलाई लक्षित गरी जिल्लाका किसानहरूले उत्पादन गरेको फूल बारीमै कुहिने अवस्थामा पुग्दा कोल्ड स्टोरमा भण्डारण गरेर राखिएको अवस्थामा फूलका माला बरामद भएको हो।
यसबारे प्रहरीले कोल्ड स्टोर सञ्चालक लक्ष्मीदास मानन्धरसँग सोधपुछ समेत गरेको छ। रूपन्देहीका डिएसपी मनोहर भट्टका अनुसार मानन्धरले जिल्लाकै फूल किसानहरूले उत्पादन गरेको फूल उनीहरूकै आग्रहमा भण्डारण गरेर राखिएको बताएका छन्।
तर,जिल्लाका फूल उत्पादक किसानहरूबाट भने कोल्ड स्टोरमा फूल भण्डारण गरेर राखिएको जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ।