भूकम्पपीडितका लागि सरकारको कोषमा १५ करोड बढी रकम जम्मा

होमल्याण्ड खबर

२०८० मंसिर ३ गते, आईतवार १३:३९ मा प्रकाशित

गत कात्तिक १७ गते राति जाजरकोट केन्द्र भएर गएको भूकम्प पछिको राहत तथा उद्धारका लागि सरकारले हालसम्म १५ करोड बढी रकम संकलन गरेको छ ।

भूकम्पपछि सरकारले प्रधानमन्त्री दैवी कोष स्थापना गरी सहयोग संकलन सुरु गरेको थियो। उक्त कोषमा मंसिर १ गतेसम्म १५ करोड २८ लाख २९ हजार ३०५.५ रुपैयाँ संकलन भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयले जनाएकाे हाे।

कोषमा हालसम्म ५८ व्यक्ति तथा संस्थाले नगद सहयोग गरेका छन्।